मधुर पौडेल ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँसगढी नगरपालिकामा पनि विरोध प्रर्दशन गरेको छ । संसद विघटन विरुद्ध देशभरका सबै वडामा विरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रम अनुसार बाँसगढीका सबै वडामा विरोध प्रदर्शन गरिएको हो । नगर समितिको अगुवाईमा नगरपालिकाका ९ वटै वडामा नेपाली काँग्रेसका नेता कार्यकतहरुको सहभागितामा संसद विघटनको चर्को विरोध गरिएको थियो ।
नेपाली काँग्रेसको बाँसगढी चोकबाट निकालिएको ¥याली बाँसगढी बजार परिक्रमा गरी चोक बजारमा कोण सभामा परिणत भएको थियो । सोही कार्यक्रम अनुसार बाँसगढी नगरपालिकाको वडा नम्बर ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै क्षत्रीय प्रतिनिधि युवा नेता लोकप्रसाद शर्माले संसद विघटन असंवैधानिक कदम भएको बताए । उनका अनुसार सरकारले चालेको कदमका विरुद्ध शसक्त रुपमा लागिरहेको छ । उनले भने,‘दुई तिहाईको सरकार पूर्णरुपमा असफल भयो । मित्र राष्ट्रहरुसँगको सम्बन्ध पनि राम्रो बनाउन सकेन ।सीमा सुरक्षामा समेत असक्षम देखियो ।’दुई तिहाईको बहुमत ल्याएर विजयी भएको नेकपाको सरकारले गरिबलाई धनि बनाउने,गरिबलाई सत्ता हस्तान्तरण गर्ने भन्ने झुठो खेती गर्दै आएको पनि उनले आरोप लगाए ।
सरकार हरेक क्षेत्रमा असफल रहेको भन्दै सोझा जनताहरुलाई बारम्बार झुक्याएको उनको भनाइ थियो । जनताको मतको अपमान गरेकाले नेपाली काँग्रेसले अपमान सहन नसक्ने शर्माले बताए । उक्त कार्यक्रममा विभिन्न वक्ताले पनि बोलेका थिए । उक्त सभालाई सम्बोधन गर्दै नेपाली वडा नम्बर ५ कार्यसमिति उपसभापति शुक्रराज शर्माले वर्तमान सरकार जनताको जनमत विपरित गएको बताए ।
उनका अनुसार सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधानको हत्या गरिएको छ । यस्तै, बाँसगढीमा भएको बिरोध सभाको नेपाली कांग्रेशका कार्यसमिति सदस्य यस कार्यक्रम का प्रमुख वक्ता बलिराम थारुर्ले २ तिहाइको सरकार नक्कली गठबन्धन भएको आरोप लगाए । प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संविधान माथि कू गरेका छन् ।
बाँकेमा पनि प्रदर्शन
प्रतिनिधि सभा विघटनको विरोधमा बाँकेको कोहलपुर नगरपालिका ३ मैटहवामा विरोध प्रदर्शन गरिएको छ ।नेपाली काँग्रेस ३ नम्बर वडा कार्यसमिति कोहलपुर बाँकेको आयोजनामा बृहत विरोध प्रदर्शन गरिएको हो । स्थानीय मैटहवा गाउँबाट निस्केको विरोध प्रदर्शन वडाको विभिन्न भाग परिक्रमा गरि मदनचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
विरोध प्रदर्शन नाचगान सहितको ¥याली निकालिएको थियो । कोणसभामा स्थानिय नेपाली काँग्रेसका नेताहरुले वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गर्नुभएको थियो । संसद विघटन सर्वसत्ताबाद र भ्रष्टाचार विरुद्ध लोकतान्त्रिक संविधान रक्षाको पक्षमा आयोजिक विरोध प्रदर्शन गरिएको काँग्रेस नेताहरुको भनाई थिए ।
संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरेको कांग्रेसले बिहीवार ६ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्न लागेको हो । जिल्ला सभापति किरण कोइरालाका अनुसार बाँकेका सबै पालिका र वडा कार्यालयमा प्रदर्शन गरिएको थियो । यस अघि नेपाली काँग्रेसले तीन चरणमा आन्दोलन गरिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्