काेहलपुर ।
बाँकेमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सहायक सूचकको हत्या भएको छ । प्रहरीले परविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ ।
बाँके प्रहरी प्रवक्ता सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत परविन थापा मगर रहेको जानकारी दिएका छन् ।
उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् । घटना बारे अनुसन्धान सुरु भएको छ ।
प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्