जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा पुनः सुवेदी



नेपालगन्ज ।

जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा पुनः प्रेम सुवेदी चयन भएका छन् । बाँकेको नेपालगन्जमा बुधबार अबेर सम्पन्न संघको जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः सुवेदी चयन भएका हुन् ।

संघको अधिवेशनले सुवेदीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा मिना ढुंगाना सिग्देललाई भयन गरेको थियो ।

यसैगरी समितिको सदस्यहरुमा अल्फात खाँ, प्रकाश ज्ञवाली, जमान सिंह वली, विन्दा कुमारी खरेल, प्रेम बहादुर शाही, निर्मला रोकाय र नवराज उपाध्याय चयन भएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

त्यस्तै, खड्क बहादुर ओलीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति बनाइएको छ । जसको सदस्यमा सिता काफ्ले र शेर बहादुर बस्नेत रहेका छन् ।

पुनः संघको अध्यक्षमा चयन भएका सुवेदीले सहकारीहरुका समस्याहरुलाई हल गर्नमा आफु लागिपर्ने बताएका छन् ।

पहिलो कार्यकालमा बाँकी रहेका कामहरुलाई समेत सबैको सल्लाह तथा सुझावका आधारमा अगाडि बढाइने उनले प्रतिबद्धता जनाए । चार वर्षे कार्यकालका लागि सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रबार