बाँसगढीमा रक्तदान



बर्दिया ।

बर्दियाको बाँसगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न संघ संस्थाहरुको सहकार्य तथा लायन्स क्लब अफ बर्दिया बाँसगढी र लायन्स क्लब अफ बर्दिया केदारेश्वर धामको आयोजना बुधबार रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमको बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा उनले सबैलाई रक्तदान गर्न अपिल गरे । कसैको सानो सहयोगले समेत अरुको जीवन बाँच्ने भएकाले सबैलाई सकेसम्म तीन तीन महिनाको फरकमा रक्तदान गर्न नगर प्रमुख अधिकारीले आग्रह गरेका हुन् ।

कार्यक्रममा ५२ जनाले रक्तदान गरेको लायन्स क्लब अफ बर्दिया बाँसगढीका पूर्व अध्यक्ष रामचन्द्र लामिछाने जानकारी दिए । उनका अनुसार लायन्सका संस्थापक मेल्भिन जोन्सको १४२ औं जन्मजयन्तीको अवसरमा गरेर रक्तदान कार्यक्रमको आयोजा गरिएको हो ।

रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र, बाँकेले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, लायन्सहरु लगायतले रक्तदान गरेको क्लबका पूर्व अध्यक्ष लामिछानेले जानकारी दिए ।

कार्यक्रममा लायन्सहरु, उद्योगी व्यवसायी, जनप्रतिनिधिहरु, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रबार