बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ ।
बुधबार एक कार्यक्रमका बीच बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरेका थिए । वडा नम्बर ४ मा पहिलोपटक आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख अधिकारीले सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको बताएका थिए ।
‘निर्वाचनको समयमा हामीले अघि सारेका अधिकारहरु जनताका घर घर नजिकै पु¥याउँदैछौं’ उनले भने, ‘सोही अनुसार नै जनतालाई सहज होस् भनेर वडामा नै स्वास्थ्य केन्द्रका स्थापना गरिरहेका छौं ।’
उक्त समारोहमा बोल्दै वडाअध्यक्ष रजमान चौधरीले आफ्नै भवन बनेपछि सेवा सञ्चालमा सहज हुने बताए । ‘भाडाको भवनबाट वडा कार्यालय सञ्चालन गर्दा केही समस्याहरु थिए’ उनले भने, ‘अब आफ्नै सुविधासम्पन्न भवन बनेपछि जनतालाई सेवा दिन समेत सहज हुन्छ ।’
आधारभूत स्वास्थ्य केन्द्र समेत स्थापना भएपनि सामान्य उपचार गराउन अर्को वडाको मोतीपुर पुग्नुपर्ने यहाँका जनताको बाध्यता हट््ने वडाअध्यक्ष चौधरीले बताए ।
वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्रको भवन ६५ लाख लागतमा बनेको बाँसगढी नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसी, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्