27 January 2021  |   बुधबार, माघ १४, २०७७

कोहलपुर नेपालगन्जको बजारमा बजाज डोमिनार २५० मोटरसाइकल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २७, २०७७  

कोहलपुर ।

नयाँ लुक्समा बजाजको ‘बजाज डोमिनार २५०’ देशभर एकैसाथ लन्च भएको छ । नेपालमा हाल चलिरहेका मोटरसाइकल मध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल बजाजको नयाँ लुक्स र गुणस्तरका साथ ‘बजाज डोमिनार २५०’ पहिलोपटक आइतबार लन्च गरिएको हो ।

बाँकेको कोहलपुरमा समेत आइतबार एक कार्यक्रमका बीच उक्त मोडेलको मोटरसाइकलको लन्च गर्दै बजारमा बिक्रि वितरण सुरु गरिएको थियो । कोहलपुरको लागि बजाजको आधिकारिक बिक्रेता प्राप्ति इन्टरनेशलनले ‘बजाज डोमिनार २५०’ लाई सार्वजनिक गरेको हो ।

कम्पनीको रणनीतिबारे बताउँदै प्राप्ति इन्टरनेशलनका प्रमुख पुष्पराज न्यौपानेले धेरै समयदेखि एकै प्रकारको मोटरसाइकल चढ्न बाध्य ग्राहकहरुको माग अनुसार नयाँ मोटरसाइकल बजारमा आएको जानकारी दिए ।

डोमिनार सेक्मेन्टको ४०० सिसीको निकै आर्कषण स्वरुपमा बजारमा आएको उनले बताए । नयाँ डोमिनारमा २५० को उत्कृष्ट पावर र स्पोट डिजाइनको समायोजन गरिएको उनको भनाई थियो ।

प्राप्ति इन्टरनेशलन कोहलपुरका सेल्स म्यानेजर अमन चौधरीले टेक्नोलोजीमा उत्कृष्ट माइलेज पिकअप, अतुलनीय पावर र एक्जास टेकले बाइक क्षमता भएको जानकारी दिए । बजारमा लन्च भएकै दिनबाट बिक्रि वितरण सुरु भइसकेको बताउँदै उनले मौकाको फाइदा उठाउन आग्रहलाई आग्रह गरे ।

यसैबीच नेपालगन्जमा समेत बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता पानस अटो मोटिभ्स प्रा.लिमा समेत यो मोटरसाइकलको लन्च गरिएको थियो । देशभरका अन्य शाखाहरु जस्तै गरेर नेपालगन्जमा समेत नयाँ मोटरसाइकलको लन्च गरिएको पानस अटो मोटिभ्सले जनाएको छ । नेपालगन्जमा समेत आइतबारबाटै ‘बजाज डोमिनार २५०’ को बिक्रि बितरण सुरु भइसकेको छ ।

बजाज डोमिनार २५० कोे नेपाल मूल्य रु. चार लाख ८९ हजार नौं सय तोकिएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको छ । यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इञ्जिनको पावर छ ।

जसले २७ पीएस र २३.५ एनएमको पिक टक्र्यू जेनेरेट गर्छ । यसका साथै यसमा एकल–सिलेन्डर, लिक्यूड–कुल्ड, ट्यूनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ र डीओएचसी छ ।

डोमिनार २५० मा १३२ किमि प्रति घण्टासम्मको स्पीड छ भने यो १०.५ सेकेण्डमा ०–१०० किमि प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ । यसको मोजेक आकारको डिजाइनको साथ रहेको फूल एलईडी हेडल्याम्प र एएचओ
(अटोम्याटिक हेडल्याम्प अन) प्रविधिले गर्दा यो बाइक सडकमा गुड्दा सबैको आँखा यसैमा हुन्छ ।

स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट साँच्चै नै प्रभावकारी छ । चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ ।

यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ । यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्दछ ।

यस बाइकमा सस्पेन्सन ड्यूटीको लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम व्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ ।

यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ । यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबीएसमा पनि उपलब्ध छ ।

प्रकाशित मितिः सोमवार, पुस २७, २०७७     11:06:59 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *