मधूर पौडेल, बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकाम रहेको बाँसगढी सामुदायिक तथा पुस्ताकालय तथा स्रोत केन्द्रको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बीच केन्द्रको साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको कार्यक्रमको बाँसगढी नगरपालिकाका उप-प्रमुख सुस्मा चाैधरीले उद्घाटन गरेका थिए ।
साधारण सभाको अवसरमा अध्यक्ष र कोषाध्यक्षको तर्फबाट दुइ वटा प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष अम्बिका चापागाइँले वार्षिक प्रतिवेदन र कोषाधयक्ष दहवा थारुले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । अध्यक्ष चापागाइँले आर्थिक वर्षमा सिकाइ आदान प्रदानको लागि हल निर्माण निर्माण गरिएको बताइन् ।
उनका अनुसार आगामी दिनमा उत्तल हललाई आर्थिक उपार्जनका दृष्टिले सुविधा सम्पन्न बनाइनेछ ।यस्तै साधारण सभाको क्रममा बोल्दै नगरपालिकाकी उप–प्रमुख शुस्मा थारुले पुस्तकाललय बाँसगढीको गहना भएको बताइन् । उनका अनुसार उक्त माध्यमबाट यहाँका धेरैले ज्ञान आर्जन गर्ने मौका पाएका छन् । महिलाले नेतृत्व गरेको केन्द्रलाई अझै व्यवस्थित बनाउनको लागि आगामी दिनमा नगरपालिकाको तर्फबाट आफूहरु सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो ।
उनले अझै पनि यहाँ रहेको समस्या समाधानको लागि सबैसँग मिलेर अघि बढ्नुका साथै नगरपालिकासँग समन्वय गरेर जानु पर्ने पनि धारणा राखिन् । अहिले त्यहाँ विभिन्न सिकाइ केन्द्र, आइसिटी कक्ष, अध्ययन कक्षका साथै विभिन्न पुस्तकहरु समेत रहेका छन् । बाँसगढीमा दुई वटा पुस्तकालय रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्