कोहलपुर ।
नेपालमा बुधबार थप ५११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पीसीआर विधिबाट ५११० नमूना परीक्षण गर्दा थप ५११ जनामा कोरोना पुष्टि भएको हो ।
३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार पछिल्लो २४ घण्टामा कोरोना जितेर थप ६०० जना घर फर्किएका थिए । योसँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको मन्त्रालयले जनाएको छ ।
बुधबार दिउँसोसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको थियो । हाल देशभर ६ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको थियो । थपिएका संक्रमितहरुमा खोटाङका २, झापामा ६, ताप्लेजुङका १, मोरङमा ८, सुनसरीमा ७, धनुषामा १, पर्सामा १, काठमाडौँमा २२५, काभ्रेमा ६, चितवनमा १६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४ र ललितपुरमा ४९ जना रहेका छन् ।
यस्तै सिन्धुपाल्चोकमा १, सिन्धुलीमा २, कास्कीमा ५०, गोरखामा १, तनहुँमा ६, नवलपरासीपूर्वमा २, म्याग्दीमा १, वागलुङमा ३, स्याङजामा २, अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुमपूर्वमा १, रुपन्देहीमा १९, डडेल्धुरामा २, डोटीमा १ र बझाङमा १ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मंसिरको दोस्रो साताबाट परीक्षण दर घटेसँगै संक्रमित थपिने दर समेत घटेको छ ।









प्रतिक्रिया दिनुहोस्