21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

बालबालिकालाई राहत वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७  

बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिका, ८ मा रहेको त्रिभुवन सामुदायिक पुस्तकालयले कोरोना भाइरस (कोभिड– १९) का कारण प्रभावित बालबालिकालाई राहत वितरण गरेको छ । ट्याग परियोजनाअन्तर्गत पुस्तकालयले बुधबार आफ्नो कार्यक्षेत्रभित्र पर्ने चारवटा विद्यालयका २० जना बालबालिकालाई राहात वितरण गरेको हो ।

कोरोनाका कारण प्रभावित बालबालिकाको पठनपाठन र उनीहरुको स्वास्थ्य सुरक्षाका लागि भनेर पुस्तकालयले कापि, कलम, मास्क, सेनिटाइजर, सावुनलगायतका सामाग्री दिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष नवीन अधिकारीले जानकारी दिए । महामारीले रोजगारी गुमाएका, व्यवसायबाट पीडित बनेका र विपन्न तथा जेहन्दार विद्यार्थीको छनौट गरी राहात वितरण गरिएको थियो । उक्त अवसरमा उनले पठन संस्कृतिको विकास गर्न बालबालिकाहरुलाई आग्रह गरे ।

‘पुस्तकालयमा दशौं हजार पुस्तक रहेका छन्’ अध्यक्ष अधिकारीले भने, ‘ती पुस्तकहरुबाट ज्ञान हासिल गर्नतर्फ आफ्ना छोराछोरीलाई प्रेरित अभिभावकले गर्नुपर्छ ।’ कार्यक्रममा बोल्दै वडाअध्यक्ष तुलप्रसाद गौतमले पुस्तकालयले दिएको राहतले बालबालिकालाई केही हदसम्म सहज हुने बताए । ‘उहाँले अझै पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सहजगता र सतर्कता अपनाउन आग्रह गर्दछु’ उनले भने, ‘पुस्तकालयले स्वास्थ्य सुरक्षाका सामाग्री समेत वितरण गरेकाले त्यसको सहि सदुपयोग गर्नुपर्छ ।’

पुस्तकालय व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञ वलीले सहजिकरण गरेको कार्यक्तममा ट्याग परियोजनाका कार्यक्रम संयोजक शारदा लम्शाल, अनुगमनकर्ता गौरी सापकोटा, अभिभावकका तर्फबाट वीरबहादुर जैशी, गीता कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७     10:44:18 AM  |