17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बाँके सुन चाँदीको साधारण सभा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १५, २०७७  

कोहलपुर ।

बाँके सुन चाँदी तथा गहना व्यवसायी संघको छैठौ तथा सातौँ साधारण सभा र तेस्रो अधिबेसन सम्पन्न भएको छ । मंगलबार बाँकेको कोहलपुरमा संघको अधिबेसन सम्पन्न भएको हो । सभाको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै केन्द्रीय सदस्य अधिकारीले सुन चाँदी व्यवसायीहरुको हक र हितका लागि आफू सधै सहयोग गर्न तयार रहेको बताए । उनका अनुसार कोहलपुर क्षेत्रको उद्योग क्षेत्रको विकासको लागि सबै एकजुट आवश्यक छ । अधिकारीले आफू मोफसलका व्यवसायीहरुको पक्षमा काम गर्नको लागि केन्द्रमा गएको बताए ।

केन्द्रमा हुने ठूला आर्थिक गतिविधिहरु स्थानीय स्तरमा ल्याएर रोजगारी सिर्जना गर्ने उनको भनाइ थियो । ‘मेरो प्राथमिकतामा सुनचाँदी व्यवसायी समेत छन् । तपाईहरुको सहयोगको लागि म भरपुर प्रयन्त गर्नेछु ।

सबै जना एकजुट हुनुको विकल्प छैन’ उनले भने । साधारण सभाका सभापति बृद्धि बहादुर विकले सबै चुन चाँदी व्यवासायीहरुको हक र हितका लागि सबै जना एकजुट भएको बताएका थिए । उनका अनुसार सबै जना मिलेर एकसाथ अघि बढ्नुपर्छ । भेलामा विभिन्न सरोकारवाला तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, पुस १५, २०७७     2:17:01 PM  |