20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

प्रहरीको घेरा तोड्दै बाँकेको कोहलपुरमा नेकपाको मशाल जुलुस (भिडिओसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस १३, २०७७  

कोहलपुर ।

संसद विघटनको विरोधमा बाँकेको कोहलपुरमा मशाल जुलुस निकालिएको छ ।

नेकपाको प्रचण्ड–माधव समूहको अगुवाईमा सोमबार साँझ कोहलपुरमा मशाल जुलुस निकालिएको हो ।

नेकपाको पार्टी कार्यालय चौराहा नजिकैबाट सुरु भएको मशाल जुलुस चौराहा र छोटो दुरीको बसपार्क हुँदै न्यूरोड चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

ट्राफिक कार्यालय अगाडि प्रहरीले नेकपा नेता कार्यकर्ताको मसाल खोस्न खोजेपछि उनीहरु प्रहरीको घेरा तोडेर अगाडि बढेका थिए ।

प्रकाशित मितिः सोमवार, पुस १३, २०७७     6:39:44 PM  |