काेहलपुर ।
बर्दियाको बाँसगढी नगरपालिकाले महिलाहरुलाई तीन दिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु गरेको छ । बिहिबार औपचारी कार्यक्रम गर्दै बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले तालिमको उद्घाटन गरेका थिए ।
उद्घाटनको क्रममा बोल्दै अधिकारीले महिलाहरुले स्थानिय तहको योजना तर्जुमा महिलाहरुको बढि सक्रियता बढाउनका लागि तालिम दिन लागेको बताए । अहिले महिलाहरुले घरको काम मात्र गर्ने र स्थानीय तहले के कस्ता कार्यक्रम ल्याएको भन्ने जानकारी नपाउने गरेकोले यो तालिम सञ्चालन गरिएको अधिकारीको भनाई थियो ।
यस्तै बाँसगढी नगरपालिकाकी महिला शाखा प्रमुख भगवती ढकालले ६६ जना महिलाहरुले नेतृत्व तथा क्षमता विकास तालिम दिन लागेको बताइन् । उनका अनुसार पहिलो चरणमा चार वटा वडाहरुका महिलाहरुलाई यो तालिम दिन लागेको बताइन् । वडा नं. ४ र ५ को लागि सामुदायिक पुस्तकालय र ८ र ९ का लागि ९ नम्बरको वडा कार्यालयमा गरी दुई स्थानमा नेतृत्व तथा क्षमता विकास तालिम दिने ढकालको भनाई थियो ।









प्रतिक्रिया दिनुहोस्