काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अन्तत: राजनीति रुपमा विभाजन भएको छ ।
५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा संसद विघटनको सिफारिस गरे । त्यहि दिन उनका पार्टीका नेताहरुले उक्त कदमको विरोध गदै फिर्ता लिन दबाब दिए तर ओलीले मानेनन् । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गरीन ।
आइतबारबाट नै नेकपा विभाजनको जग बसेको हो । त्यसको दोस्रो दिन देखि नेकपामा दुर्ई पक्षहरु प्रष्टरुपमा आआफ्नो पक्षका भेला बैठक छलफलमा व्यस्त छन् । ५ गते नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षहरुको स्थायी कमिटी बैठक बालुवाटारमा बसेर ओलीलाई कारवाही गर्ने निर्णय गरेको थियो ।
६ गते ओलीले आफु पक्षका नेताहरुलाई विशेष गरेर विघटीत संघीय संसदका सदस्यहरुलाई बालुवाटामा बोलाएर छलफल गरेका थिए । प्रचण्ड–नेपाल पक्षहरुले बानेश्वरमा आफु पक्षका संसद सदस्यहरुको बैठक बोलाएका थिए । ७ गते दुबै पक्षले आआफु निकट केन्द्रीय कमिटीका बैठक बोलाएका थिए । ओली पक्षले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा नै बोलाए ।
उक्त पक्षले विधान संशोधन गरेर केन्द्रीय कमिटीको सख्या ११९९ बनायो । भने त्यहि बैठकबाट २०७८ साल २ मंसिरमा महाधिवेशन गर्ने निर्णय ग¥यो ।
त्यहि दिन दिउसो १ बजे प्रचण्ड–नेपाल पक्षले बबरमहलको कार्की ब्याक्वेटमा केन्द्रीय कमिटीको बैठक बसेर ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनायो । आजै यो पक्षले ओलीलाई संसदीय दलको नेताबाट पनि हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।
नेकपामा विभाजन भएर पक्ष विपक्षका गतिविधि सुरु हुदा पनि सचिवालय सदस्य रामबहादुर थापा बादलले भने मुख खोलेका थिएनन् । उनी पक्षका नेताहरुले ६ गते मन्त्री निवास पुल्चोकमा गएर ओलीसंग नमिल्न दबाद दिएका थिए ।
उनले पनि सबैको सल्लाह सुझव अनुसार चल्ने बताएका थिए । तर बुधबार बिहान करिब साढे एघार बजे बादल अध्यक्ष प्रचण्ड निवास पुगेर छलफल गरेका थिए । उनले प्रचण्डसंग वरिष्ठ उपाध्यक्ष दिन माग गरेका बादल निकट एक सदस्यले बताए ।
उनले भने ‘बादलजी खुमलटार गएर उपाध्यक्ष मागेका रहेछन् ,प्रचण्ड केही बोल्नु भएन छ । यता बालुवाटार आएर सहअध्यक्ष पाएपछि ओलीतर्फ नै लाग्नु भएछ ।’ बादल प्रचण्डललाई भेटेपछि सिधै बालुवाटार पुगेका थिए ।
बालुवाटार पुगेका बादललाई ओलीले आफुपछिको सहअध्यक्ष दिने बचन दिएको स्रोतले बताए । उनले भने ‘बालुवाटारले सहअध्यक्ष दिने बचन दिएको रहेछ । उहाँ अब छिटै ओलीको पक्षमा खुल्नु हुन्छ । आज राती अथवा भोलीसम्म ।’
जब कि उनी भन्दा पहिला पूर्व माओवादी केन्द्रका तीन जना नेताहरु ओली पक्षमा लागि सकेका छन् । ओली समुहमा लाग्नेमा टोपबहादुर रायमाझि,मणि थापा र लेखराज भट्ट छन् । अबक बादल सहअध्यक्ष भएर ओली पक्षमा लाग्ने छन् । बादल पक्षका २३ जना केन्द्रीय सदस्य भने प्रचण्ड–नेपाल पक्षमा नै छन् । एक केन्द्रीय सदस्यले भने ‘बादल र उहाँको श्रीमति बाहेक हामी कोही पनि ओली पक्षमा नजाने भयौ ।
उहाँहरु भोली खुल्नु हुन्छ होला ओलीको पक्षमा ।’ जनयुद्ध देखि प्रचण्ड निकट मानिदै आएका बादल पार्टी विभाजन हुदा मोहन वैद्य किरणसंग लागेका थिए । तर किरणलाई पनि छोडेर ४ बर्षपछि प्रचण्डसंगै एकता गरेका थिए । उनी पूर्व माओवादी केन्द्रको कोटाबाट सचिवालय सदस्य र गृहमन्त्री बनेका थिए । उनी राजनीति जीवनमा प्रचण्डसंग दोस्रो पटक अलग हुदै छन् ।









प्रतिक्रिया दिनुहोस्