ज्येष्ठ नागरिकलाई सम्मान



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच विगतका वर्षहरुमा झै राप्तीसोनारी गाउँपालिका– ६ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

वडा कार्यालयमा नै औपचारीक कार्यक्रमको आयोजना गरेर वडाभरीका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडाध्यक्ष जनक बहादुर थारुले जानकारी दिए ।

‘हामीले विगतका वर्षहरुजस्तै वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका हौं’ उनले भने, ‘७० वर्ष भन्दामाथि उमेरका २ सय ४० जनालाई सम्मान गरेका थियौं ।’

हरेक ज्येष्ठ नागरिकहरुलाई वडाध्यक्ष थारु लगायतले न्यानो कपडा वितरण गरेर सम्मान गरेका हुन् । अत्याधिक जाडो हुन पुस महिनामा न्यानो कपडा पाउँदै निकै खुसी लागेको ज्येष्ठ नागरिकहरुले बताएका थिए ।

उनीहरुले वडा कार्यालय, जनप्रतिनिधि, कर्मचारी लगायत सबैप्रति आभार समेत व्यक्त गरे । वडा नम्बर ६ ले २०७४ सालदेखि हरेक वर्ष ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको वडाध्यक्ष थारुले मिसन टुडेलाई जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ८ गते बुधबार