कोहलपुर ।
नेपालमा मंगलबार पछिल्लो २४ घण्टामा ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
७ हजार नमूनाको पीसीआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।
मंगलबार पछिल्लो २४ घण्टामा ९ सय ६६ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ ।
मंगलबार दिउँसोसम्म ३०८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा रहेका थिए । २६० जना आइसियु र ४८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १८ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा १०२ आइसियु र २६ भेन्टिलेटरमा, गण्डकीमा ८१ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आइसियु र २ भेन्टिलेटरमा रहेका थिए ।
कर्णाली प्रदेशमा ६ जना आइसियु र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ आइसियुमा रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा इलाममा एक जना, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा एकजना, झापामा ५, ताप्लेजुङमा एकजना, तेह्रथुममा २, धनकुटामा एकजना, भोजपुरमा एकजना, मोरङमा ४०, सुनसरीमा २६, सोलुखुम्बुमा एकजना र धनुषामा एक जना रहेका थिए ।
यस्तै काठमाडौंमा ३००, काभ्रेमा २३, चितवनमा ३७, दोलखामा ४, धादिङमा एकजना, नुवाकोटमा ४, भक्तपुरमा २३, मकवानपुरमा १८, ललितपुरमा ४२, सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा २, कास्कीमा ३१, गोरखामा ३, तनहुँमा ९, नवलपरासी पूर्वमा ६, लमजुङमा ३, बागुलङमा ३ र स्याङजामा ४ जनामा कोरोना भेटिएको थियो ।
यस्तै अर्घाखाँचीमा ५, कपिलवस्तुमा एकजना, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ७, पाल्पामा ६, बर्दियामा १२, बाँकेमा ६, रुपन्देहीमा २०, कालिकोटमा १, जाजरकोटमा २ जना, जुम्लामा एकजना, डोल्पामा ३, दैलेखमा ३, सल्यानमा २, सुर्खेतमा १४, अछाममा २, कैलालीमा ३, डडेल्धुरामा ४, बझाङमा ४ र बैतडीमा ८ जनामा कोरोना पुष्टि भएको थियो ।
कुल सक्रिय संक्रमित ७ हजार ७२९ जना रहेका छन् । देशभर मंगलबार दिउँसोसम्म ४ हजार २६४ कोरोना संक्रमित होम आइसोलेसनमा रहेका थिए । बाँकी ३ हजार ४६५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ । प्रदेश १ मा २६७, प्रदेश २ मा ३५, गण्डकी प्रदेशमा ६४१, लुम्बिनी प्रदेशमा ७२२, कर्णालीमा ११० र सुदूरपश्चिममा ४२२ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर ३ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९८ पुगेको मन्त्रालयले छ ।









प्रतिक्रिया दिनुहोस्