19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

टिकटक बनाउने क्रममा गम्भीर घाइते भएका युवकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस ६, २०७७  

दाङ ।

पश्चिम दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट लडेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज विहान साढे ७ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेका छन् ।साथै शनिबार दिउँसो दुई बजेतिर बबई वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा लडेका थिए ।

प्रकाशित मितिः सोमवार, पुस ६, २०७७     11:13:31 AM  |