25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँके प्रहरीद्धारा साढे ४४ ग्राम ब्राउसुगर बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस ४, २०७७  

काेहलपुर।

जिल्ला प्रहरी कार्यालय बाँकेले ठुलो परिमाणमा ब्राउन सुगर बरामद गरेको छ ।

लागु औषध नियन्त्रण महाअभियान सन्चालन गर्दै आएको बाँके प्रहरीले शनिबार कोहलपुर नगरपालिका १२ चप्परगौडीका ४५ ईन्द्रमणी गौतमलाई ४४ ग्राम ५२० मिलिग्राम ब्राउसुगरसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखाबाट खटिएको प्रहरी टोलीले गौतमलाई कोहलपुर ११ एनटिभिरोडमा तलासी लिने क्रममा पाईन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडियामा ठूलो मात्राको ब्राउन सुगर बरामद गरेको हो ।

पक्राउ परेका गौतम यसअघि पनि जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, पुस ४, २०७७     7:21:37 PM  |