19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

विषयगत शाखा तथा १५ वटै वडाहरुलाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस ३, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले विषयगत शाखा तथा १५ वटै वडाहरुलाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । बिहीबार एक औपचारीक कार्यक्रम गरी कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेका हुन् । कोहलपुर नगरपालिकाले आ.व.२०७५÷०७६ मा २ लाख ३८ हजारमा ३५ वटा अग्नी नियन्त्रण यन्त्र खरिद् गरिएको थियो । नगर प्रमुख रावतले आगलागी भएको समयमा निभाउनका लागि सबै वडा तथा शाखाहरुलाई हस्तान्तरण गरिएको बताए ।

‘गत आ.व.मा वितरण गरिएको हो । वितरण पनि त्यति खेरै गर्ने कार्यक्रम थियो । तर कोरोना महामारीका महामारीले गर्दा हस्तान्तरण गर्ने पाइएको थिएन । त्यसकारण अहिले वितरण गरिएको हो ।’ उनले भने । यस्तै कोहलपुर नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख पुरुषोत्तम पोख्ररेलका अनुसार वितरण पूर्व अग्नी नियन्त्रण सामग्रीको कसरी प्रयोग गर्ने आगो नियन्त्रण विधि र सावधानीका विषयमा तालिम समेत प्रदान गरिएको थियो ।

उनले नगरपालिकाका १५ वटै वडाका वडा सचिव तथा विषयगत शाखाका प्रमुखहरुलाई तालिम दिइएको जानकारी दिए । सामग्री वितरणपछि कोहलपुर नगरपालिकामा कुनै पनि वडामा आगलागी भएमा नियन्त्रणमा सहज हुने अपेक्षा नगरपालिकाले लिएको छ । विपद् विज्ञ गोविन्द वाग्लले अग्नी नियन्त्रण सम्बन्धी तालिम दिएका थिए । कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपाली समेत उपस्थित रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, पुस ३, २०७७     5:18:24 PM  |