18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

आफ्नै भवनमा बाँसगढी उद्योग वाणिज्य संघ (फाेटाे फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २८, २०७७  

मधुर पौडेल, बाँसगढी

बाँसगढी उद्योग बाणिज्य संघको ७ औ साधरण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संघको नवनिर्मित भवनको समेत औपचारिक रुपमा उद्घाटन गरिएको हो । शनिबार आयोजित एक कार्यक्रमका बीच भवनको बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रमुख अधिकारीले उद्योग वाणिज्य संघको आफ्नै नयाँ भवन हुनु खुसीको कुरा भएको बताए ।यस्तै सरकारसँगको सहकार्यमा नेपालका निजी क्षेत्रले ठूलो योगदान गरेको भन्दै आगामी दिनमा बाँसगढी उद्योग वाणिज्य संघले स्थानीय तहसँग सहकार्य गर्दै जानु पर्नेमा जोड दिए । उनले सरकारको तीन खम्बे अर्थनीति अनुसार निजी क्षेत्र पनि सञ्चालन हुनुपर्ने बताए ।

‘स्थानीय तहलाई बलियो बनाउन निजी क्षेत्रको ठूलो भूमिका हुन्छ ।भौतिक संरचना पनि एउटा विकासको पाटो हो । यसलाई सही सदुपयोग गर्न आवश्यक छ ।’ उनले भने । उक्त अवसरमा बोल्दै नेपाल उद्योग बानिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य गुणनिधि तिवारीले बाँसगढी उद्योग बाणिज्य संघलाई आगमी दिनमा सफलताको शुभकामना व्यक्त गरे।

कोरोना भाइरस‐कोभिड–१९) का कारण उद्योग व्यापार क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताउँदै तिवारीले प्रतिकुल समयमा तिम्त्याएको संकटबाट माथि उठ्न सबैको हातमाले जरुरी रहेको बताए । साधारण सभामा बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उद्योग बाणिज्य संघका आगामी कार्ययोजना पनि प्रस्तुत गर्दै उनले संघलाई सम्पूर्ण व्यवसायीहरुको साझा थलो बनाइने बताए । उनका अनुसार संघ अब आफ्नै भवनमा झन व्यवस्थित रुपमा सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । संघको भवन निर्माणका लागि ४० लाख १७ हजार ९७ रुपैयाँ लागत लागेको बताइएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर २८, २०७७     10:39:16 AM  |