यामाहा रे जेडआर १२५ एफआई स्कुटर: ‘उत्कृष्ठ माइलेज’



कोहलपुर ।

नेपालमै पहिलो पटक गत असोजमा लन्च गरिएको यामाहा रे जेडआर १२५ एफआई स्कुटरको माइलेज टेष्ट अभियान देश व्ययापी रुपमा सञ्चालन गरिएको छ ।

सोही अभियान अन्तर्गत बिहीबार बाँकेको कोहलपुरमा पनि रे जेडआर १२५ एफआई स्कुटरहरुको माइलेज टेष्ट गरिएको हो । यामाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरुको आधिकारीक बिक्रेता श्रेष्ठ ट्रेड हवले यस क्षेत्रका ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै जेडआर १२५ एफआई स्कुटरका माइलेज टेष्ट कार्यक्रम आयोजना गरेको थियो ।

यस ब्राण्डको स्कुटरले अन्य कम्पनीका तुलनामा उत्कृष्ठ माइलेज दिने गरेको छ । देशव्यापी रुपमा भइरहेको माइलेज टेष्ट कार्यक्रममा रे जेडआर १२५ एफआई स्कुटरले उत्कृष्ठ माइलेज दिएको हो ।

सो स्कुटरहरु बेच्दा कम्पनीले प्रतिलिटर ५० किमी माइलेज दिने भन्ने गरेतापनि त्यसले आधिकारिक रुपमा कति माइलेज दिन्छ भनेर स्वयं ग्राहकहरुलाई नै स्कुटर चलाउन लगाएर माइलेज मापन गरिएको श्रेष्ठ ट्रेड हवका सञ्चालक प्रशन्न श्रेष्ठले जनाकारी दिए ।

यस क्षेत्रका करिव दई दर्जन रे जेडआर १२५ एफआई स्कुटरको माइलेज मापन गर्दा प्रतिलिटर ५७ देखि ७४ किमीसम्म माइलेज दिएको उनले बताए ।

‘यामाहाको रे जेडआर १२५ एफआई स्कुटर हामीले ग्राहकहरुलाई प्रतिलिटर ५० किमी माइलेज दिन्छ भनेर बेच्ने गरेका छौँ, कम्पनीले पनि हामीलाई त्यहि भन्छ तर त्यसको आधिकारिक माइलेज कति हो त भनेर स्वयं ग्राहकहरुलाई चलाउन लगाएर मापन ग¥यौ, त्यसको मापन गर्दा प्रतिलिटर ५७ देखि ७४ किमीसम्म माइलेज दियो ।’

उनले भने, ‘पहाडको बाटोमा समेत ५० किमी भन्दा माथि नै माइलेज दिन्छ ।’ उनका अनुसार समय समयमा गाडीहरुको मर्मत सम्भार गर्दा तोकिएको माइलेज कायम गर्न सकिन्छ । स्कुटरहरुको माइलेज टेष्ट गर्नका लागि कोहलपुरदेखि नेपालगञ्जको पुष्पलालचोक हुँदै पुनः कोहलपुरसम्म ¥याली समेत निकालिएको थियो ।

रे जेडआर १२५ एफआई स्कुटरमा मेजर रिफाइनमेन्टरहरु गरिएका छन् । यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो, जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ ।

साथै यसको माइलेज पनि ५७ किलोमिटर भन्दामाथि प्रति लिटर रहेको छ । अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको छ । यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ ।

साथै अँग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट कलस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्ट अपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् । यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुको स्कुटर बनाइएको छ ।

तीन जनालाई विजेता घोषणा

बाँकेको कोहलपुरमा आयोजना गरिएको यामाहा रे जेडआर १२५ एफआई स्कुटरको माइलेज टेष्ट कार्यक्रममा तीन जनालाई विजेता घोषणा समेत गरिएको छ ।

सबैभन्दा धेरै माइलेज दिन जेडआर १२५ एफआई स्कुटर धनीलाई विजेता घोषणा गरिएको हो । जसअन्तर्गत माइलेज टेष्ट कार्यक्रममा सहभागी टिका घर्ती प्रथम, सुवेक्षा श्रेष्ठ द्वितीया र आदित्य बस्याल तृतीय भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर २६ गते शुक्रबार