बाँकेको बनियाँ गाउँमा स्थानीयबीच झडपः गम्भिर घाइते यादवको मृत्यु



कोहलपुर ।

बाँकेको जानकी गाउँपालिका ५ बनियाँ गाउँमा भएको स्थानीयहरुको झडपमा परेर गम्भिर घाइते एक जनाको मृत्यु भएको छ ।

सोही ठाउँमा ५४ वर्षिय धनिराम यादवको उपचारमा क्रममा सोमबार साँझ नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो ।

उनको उपचार क्रममा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । अन्य ५ जना घाइतेहरुको उपचार भइरहेको छ ।

सोमबार साँझ साढे चार बजेतिर बनियाँ गाउँमा दुई समुहबीच विवाद हुँदा झडप भएको थियो ।

अहिले पनि सो गाउँ तनावग्रस्त रहेको छ । प्रहरी नायब उपरीक्षक खड्काले अहिले बनियाँ गाउँमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १५ गते सोमबार