15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

संकल्प १४औ साधारण सभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर १५, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाको प्रदेश सरकार लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरेकी थिइन् ।

उद्घाटनको क्रममा बोल्दै पौडेलले विक्रिदरलाई हेरेर अनुदान दिने उनले बताइन् । पहिले फर्महरुलाई देखाएर अनुदान दिइएको थियो उनले भीनन् सो नितीका कारणले अनुदान खानको लागि मात्र र्फमहरु सञ्चालन गरेको देखिएकोले यसलाई न्यूनिकरण गर्नका लागि यस्तो निति आउनेछ ।

अहिलेसम्म कागजमा मात्र फर्म देखाएर अनुदान लिनेहरुलाई निरुसाहित गर्नका लागि यस्तो योजना र निति ल्याएको उनको भनाई थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन र आगामी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष भारती खनाल, लुम्बनी प्रदेशका अध्यक्ष प्रेम सुवेदी , जिल्ला सहकारी संघका अध्यक्ष बल बहादुर खड्का, कोहलपुर सहकारी सञ्जालका अध्यक्ष डोलराज अर्याल, जनविश्वास सहकारीका अध्यक्ष होम प्रसाद सुवेदी लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः सोमवार, मंसिर १५, २०७७     8:00:05 PM  |