29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

बाँकेको बनियाँ गाउँमा झडपः केही घाइते, ठूलो संख्या प्रहरी परिचालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर १५, २०७७  

कोहलपुर ।

बाँकेको जानकी गाउँपालिका ५ बनियाँ गाउँमा स्थानीयहरु बीच झडप भएको छ ।

झपडमा परेर केही स्थानीयहरु घाइते भएको बाँके प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले बनियाँ गाउँमा स्थानीयहरु बीच झडप भएको जानकारी दिए ।

‘गाउँमा झडप हुँदा केही घाइते भएको खबर आएपछि प्रहरी अहिले त्यहाँ पुगेको छ’ उनले भने,‘ झडपको कारण खुल्नसकेको छैन । केहीबेरमा थप जानकारी आउँला ।’

अहिले उक्त गाउँमा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रकाशित मितिः सोमवार, मंसिर १५, २०७७     6:33:05 PM  |