जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षक ९सई०को कोरोना संक्रमणका कारण बिहीबार मृत्यु भएको छ।
जिप्रका रोल्पामा कार्यरत रहेका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । उनको स्थायी ठेगाना दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट रहेको जिप्रका रोल्पाले जनाएको छ ।
स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर २ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि पुगेका थिए। उनलाई मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपछि उनलाई मंसिर ३ गतेदेखि भेरी अस्पतालमा राखेर उपचार गरिएको थियो । उनमा कोरोना संक्रमणपछि सिभियर निमोनिया भएको थियो । वैदिक जुँगार प्रहरी चौकीको इन्चार्जकोरुपमा पनि काम गरेका थिए ।
एक महिनाअघि उनी जिप्रका रोल्पामा सरु भएसँगै बिरामी परेका थिए ।
प्रकाशित मिति : २०७७ मंसिर १२ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्