18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

बाँसगढीमा श्रीमतिले श्रीमानबिरुद्ध बलात्कार गरे भन्दै उजुरी गरेपछि…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर ११, २०७७  

बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिका –९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई पक्राउ परेका छन् । उनको पक्राउ पर्नुको कारण बनेको छ , श्रीमतिलाई बलात्कार ।

उनकी ४१ वर्षीया श्रीमतीले आफुलाई श्रीमानले कुटपिट गर्दै बलात्कार गरेको उजुरी गरेपछि ति पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, मंसिर ११, २०७७     9:49:19 AM  |