4 March 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७

संस्थानका कर्मचारीको बीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७  

कोहलपुर ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कर्मचारी र कार्य समितिमा रहेका २६ जनाको बीमा गरिएको छ । शुक्रबार संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई नेशनल लाइफ इन्स्योरेन्सका नेपालगञ्ज शाखाका मुख्य व्यवसाय प्रबन्धक संकर लामिछाने र शाखाका प्रमुख दिप नारायण खनालले संयूक्त रुपमा कर्मचारी र कार्य समितिमा रहेका २६ जनाको बीमा गरेको फाइल हस्तान्तरण गरेका थिए ।

शाखाका मुख्य व्यवसाय प्रबन्धक लामिछानेले कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वार्षिक करिब ९ लाख ६६ हजार बराबरको बीमा रकम बुझाउनुपर्ने जानकारी दिए । ‘बीमाले दुर्घटना, आपतविपत तथा आवश्यक परेको खण्डमा निकाल्न समेत मिल्छ’ उनले भने, ‘दुई जनाको भने पेन्सन समेत पाउने व्यवस्था गरिएको छ ।’

इन्स्योरेन्स नेपालगञ्ज शाखाका प्रमुख खनालले सहकारी क्षेत्रमा समेत बीमा गर्नुपर्ने बताएका थिए । ‘सहकारीहरुमा रहेका सदस्यहरुले १ लाखको बीमा गराउन चाहेमा ४ सय ८२ रुपैयाँ तिर्नु पर्दछ’ उनले भने, ‘सो बीमाले एक वर्षभित्रमा कुनै घटना भएको खण्डमा वा कुनै घटना नभएको खण्डमा पनि अवधि अनुसारको पूर्ण रुपमा बिमा रकम र बोनस समेत पाउने व्यवस्था रहेको छ ।’

प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७     2:03:13 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *