26 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

शिक्षण अस्पताल कोहलपुरमा दाङका दुईजना कोरोना संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७  

कोहलपुर

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दाङका दुईजनाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ६८ वर्षका पुरुष र घोराही उपमहानगरपालिका–९ वनगाउँका ६७ वर्षका पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि तुलसीपुरका ती पुरुषलाई मंसिर ४ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । उनको त्यसैदिन पीसीआर परीक्षणका लागि स्वाव निकालिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारकै क्रममा आज विहान १ः ४० बजे मृत्यु भएको जिल्ला कोडिभ (१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनी लामो समयदेखि मधुमेहका विरामी थिए ।

त्यस्तै स्वास्थ्यमा समस्या आएपछि कात्तिक २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीका ती पुरुषको कोरोना परीक्षण गरिएको थियो । उनको त्यसको भोलिपल्ट रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई २७ गते कोहलपुर मेडिकल कलेजमा पुर्याइएको थियो ।

रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दागर्दै उनको गएराती ११ः ५० बजे मृत्यु भएको श्रेष्ठले बताउनुभयो । उनी उच्चरक्तचापका विरामी थिए ।

प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७     9:47:18 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *