25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

मदन भण्डारी स्पोर्टस एकेडेमी द्वाराविभिन्न मितिमा चार वटा कार्यक्रम गर्ने निर्णय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७  

कोहलपुर ।

मदन भण्डारी स्पोर्टस एकेडेमी बाँकेले विभिन्न मितिमा चार वटा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय संस्थापक अध्यक्ष तथा राष्ट्रिय खेलकुद सदस्य सचिव रमेश सिजवालको प्रमुख अथित्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका सल्लाहाकार खेमराज शर्माका अनुसार मंसिर ९ गते बिहान ८ बजेदेखि खजुरा बजार सरसफाई कार्यक्रम गर्ने निर्णय गरेको बताए ।

यस्तै मंसिर १३ गते बिहान ८ बजे बैजनाथ गाउँपालिका जि गाउँमा बृह्त रक्तदान गर्ने, मंसिर २७ गते नेपालगञ्जमा लागुपदार्थ दुव्र्यसन न्यूनिकरणका लागि विचार गोष्ठी कार्यक्रम र माघ १ गते कोहलपुरमा खुल्ला भलिबल प्रतियोगीता गर्ने निर्णय गरेको शर्माको भनाई थियो ।

यस्तै मदन भण्डारी स्पोर्टस एकेडेमी बाँकेका अध्यक्ष रमेश मिजारले भलिबल प्रतियोगीताको दर्ता दस्तुर र पुरस्कारको लागि अर्को बैठकले तोक्ने बताए ।

कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमी लम्बिनी प्रदेशका अध्यक्ष सुर्य ढकाल र अनेरास्ववियूका केन्द्रिय सदस्य सुर्य रोकायको समेत उपस्थित रहेको थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७     10:11:34 AM  |