20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा ४ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर २, २०७७  

काठमाडौं ।

प्रहरीले चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भइ चन्द्रागिरि बस्ने रत्नबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सोलुखुम्बु घर भइ गोकर्णेश्वर बस्ने कृष्ण परियार र चन्द्रागिरि–१५ का निरनकुमार प्रधान छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ग्यारेज मानबहादुर तामाङको हो । जुवाडेको साथबाट २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ र ११ वटा ओखर बरामद गरिएको श्रेष्ठले बताए ।

पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहितामा भएको जुवा सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गर्ने तयारी भइरहेको
छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २, २०७७     3:22:33 PM  |