बर्दिया ।
बर्दियामा भएको सवारी दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका-८ तिलकानामा भएको सवारी दुर्घटनामा साेही गाउँपालिका-७ का २६ वर्षीय अर्नुन रिमाल र उनका २३ वर्षीय श्रीमती ललिता रिमालकाे मृत्यु भएको हाे ।
गएराती राती बढैयातालको तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा रिमाल दम्पती घाइते भएको र उपचारकाे क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी याेगेन्द्र खड्काले जानकारी दिए ।
मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए ।
नेपालगन्ज-गुलरिया सडक खण्डको तिलकानामा पुर्बबाट पश्चिमतर्फ जादै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्वतर्फ जादै गरेको भे १ त ५०९९ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किएको उनको भनाइ छ ।
प्रहरीका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक दुबै प्रहरीको नियन्त्रणमा छ्न । घटनाको कारण अझै पनि खुल्न नसकेको र प्रहरीले अनुसान्धान गरिरहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्