पूर्वसभामुख महराको अस्वास्थ्य श्रीमतीलाई हेलिकप्टरबाट काठमाडौं लगियो



दाङ ।

स्वास्थ्यमा समस्या देखिए पछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

केही वर्ष पहिले छातिको अपरेसन गरेकी सीतालाई श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।

दाङ घोराहीमा रहेकी ५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिए पछि हेलिकोप्टरमार्फत् शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १४ गते शुक्रबार