20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेमा २६७८ जनाले जीते कोरोना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १२, २०७७  

कोहलपुर ।

बाँकेमा बुधबार थप १८ जना कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ६ महिला र १२ पुरुष गरी थप १८ जना कोरोना जितेर घर फर्किएका छन् ।

उनीहरु जिल्लाका होम आइसोलेसन तथा विभिन्न सामुदायिक आइसोलेसनबाट कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

बुधबारसम्म २ हजार ६ सय ७८ जना कोरोना जितेर घर फर्किसकेको बाँकेका कोरोना रोग स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४ जना पुगिसकेका छन् । जिल्लाभर कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक १२, २०७७     1:20:41 PM  |