नेपालगञ्ज ।
बाँकेमा अहिलेसम्मकै धेरै एकैदिन कोरोना जितेर घर फर्किएका छन् ।
दशैको टिका अघिल्लो दिन आइतबार विभिन्न आइसोलेसन बाट एकैदिन १ सय ५७ संक्रमित निको भई डिस्चार्ज भएकोेले जनाएको छ । बाँकेमा एकैदिन यति धेरै संख्यामा संक्रमितहरु निको भएर डिस्चार्ज भएको यो नै पहिलो पटक हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बाँकेका ५९ महिला र ९८ पुरुष गरी १ सय ५७ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका हुन् ।
उनीहरुलाई असोज २५, २६ र २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ५१४ पुगेको छ ।
फोकल पर्सन श्रेष्ठका अनुसार १० दिन आइसोलेसनमा बसाई पूरा गरेका संक्रमितहरुमा पछिल्लो तीन दिनमा चिन्ह लक्षण नदेखिएमा त्यस्ता व्यक्तिहरुलाई १० दिनमै डिस्चार्ज गर्ने र उनिहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार बाँकेमा पनि सोही अनुसार गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्