कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।
कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ।
यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको हो।
प्रकाशित मिति : २०७७ कात्तिक ५ गते बुधबार









प्रतिक्रिया दिनुहोस्