पुर्व पश्चिम राजमार्ग अन्तरर्गत बर्दियाको बाँसगढीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकललाई सोही दिशामा जाँदै गरेको ट्रकले बाँसगढी–३ उत्तरभकारीमा शुक्रबार साँझ ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय बाँसगढीका अनुसार भे १ प ८७४३ नम्बरको मोटरसाइकललाई ना ६ ख ४९०० नम्बरले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–०९ की ४५ वर्षिया लाली थारु रहेकी छन् ।
दुर्घटनामा परेर मोटरसाइकल चालक उनका श्रीमान् ५२ वर्षिय शर्माजी थारु सामान्य घाइते भएको अस्थायी ट्राफिक पोस्ट बाँसगढीले जनाएको छ ।
घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई बाँसगढी प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बाँसगढी प्रहरीले जनाएको छ । मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाइएको इलाका प्रहरी कार्यालय बाँसगढीका इन्चार्ज प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्