बर्दिया ।
जिल्ला बार एशोसिएसन बर्दियामा प्रजातान्त्रिक कानून व्यवसायीको प्यानल विजयी भएको छ । निर्वाचनमा प्रगतिशील प्यानलाई पराजित गर्दै प्रजातान्त्रिक प्यानबाट १३ सदस्सीय कार्यसमिति नै निर्वाचित भएको हो ।
बारको अध्यक्षमा ४९ मत प्राप्त गर्दै काशीराम चौधरी विजयी भएका थिए ।
उनका प्रतिद्धन्दी निर्मल सिग्देलले ३१ मत प्राप्त गरे । प्रजातान्त्रिक समुहबाटै क्रमशः उपाध्यक्षमा उदयमणी आचार्य ४६ मत, सचिवमा लक्ष्मी नेपाल ४८ मत, कोषध्यक्षमा कमलप्रसाद गुप्ता ४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक राधेश्याम चौधरीले जानकारी दिए ।
प्रगतीशिल प्यानलका उम्मेदवारहरुले क्रमशः उपाध्यक्षमा देवीराम भण्डारी ३५ मत, सचिवमा रमेश चौधरी ३३ मत, कोषाध्यक्षमा विन्दु जिसीले ३६ मत प्राप्त गर्दै पराजित भएका थिए ।
कार्यसमिति सदस्य पदमा प्रजातान्त्रिक समुहकै क्रमशः गोपाल रेग्मी ५ मत, विश्वनाथ श्रेष्ठ ४२ मत, धर्मराज घर्ती ४२ मत, सुरत बहादुर चौधरी ४७ मत, जीवन कुमार शर्मा ४० मत, बृजमोहन चौधरी ४२ मत, रविन्द्रनाथ चौधरी ४१ मत, गोपिप्रसाद खनाल ४० मत र गोपाल पोखरेल ४० मत प्राप्त गर्दै विजयी भए । शनिबार सम्पन्न बर्दिया बारको निर्वाचनमा ८७ मतमध्ये ८१ मत खसेको थियो ।
बारको पार्षदहरुमा समेत प्रजातान्त्रिक समुहकै देवीदत्त देवकोटा, होमप्रसाद न्यौपाने, दिवाकर शर्मा खनाल, शैलेन्द्रकुमार गुप्ता र ईतवारी चौधरी निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष काशीराम चौधरीले आफ्नो विजय सम्पूर्ण कानून व्यवसायीको भएकाले सबैलाई एकताबद्ध गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्