26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

काँग्रेसबाट निर्वाचित वडाअध्यक्षको निधन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २३, २०७७  

दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका एक जना वडाअध्यक्षको निधन भएको छ । वडा नं.१३ का ६५ वर्षीय वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको शुक्रवार बिहान उपचारका लािग राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

निमुनिया भएको आशंकामा उनलाई परिवारका सदस्यले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छोरा पोषण न्यौंपानेले जानकारी दिए । मृतक वडाअध्यक्ष न्यौपानेका छोराका अनुसार विगत केही दिनदेखि सामान्य खोकी लागेको भएपनि अन्य कुनै समस्या थिएन ।

सामान्य खोकी देखिएपछि तीन चार दिन अगाडि तुलसीपुरस्थित सिटी हस्पिटलबाट सामान्य उपचार पछि घरमै बसेर वडाध्यक्ष न्यौंपानेले आराम गर्दै आएका थिए । शुक्रवार बिहान अलि अप्ठेरो हुन थालेपछि तुलसीपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक वडाध्यक्ष न्यौंपाने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित मितिः शुक्रबार, अशोज २३, २०७७     1:59:08 PM  |