18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

बाँकेमा हालसम्म १७६२ जना कोरोनामुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २३, २०७७  

बाँकेबाट मात्रै थप २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका ६ महिला १८ पुरुष गरी २४ जना शुक्रवार डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अब आइसोलेशनमा बाँकेका ५ सय ५ र अन्य जिल्लाका २० गरी ५ सय २५ जना रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज २३, २०७७     1:17:57 PM  |