मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २३, २०७७
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज वडा नं. १ धम्बोजीका ८५ वर्षीय पुरुषको बिहीवार राती ९ मृत्यु भएको हो । यो गै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।सबै प्रकारको आवश्यक उपचार गर्दासमेत विरामीको स्वास्थ्यमा सुधार नआएको र उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमित मृतक विगत केही समयदेखि दम रोगबाट पीडित रहेका थिए । योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।