बाँकेमा कोरोनाबाट थप दुई पुरुषको मृत्यु



कोहलपुर ।

बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नंं। १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको बताए।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १३ गते मंगलबार