दाङमा एक लाख नगदसहित १३ जुवाडे पक्राउ



दाङको तुल्सीपुरबाट जुवा खेलिरहेको अवस्थामा करिब एक लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले तुल्सीपुर उप–महानगरपालिका वडा नं.६ मा रहेको भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

सुनारको घरको कोठामा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेली राखेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ तथा इलाका कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित ३ गड्डी तास बरामद गरेको छ।

पक्राउ पर्नेमा दाङको तुल्सीपुर उप(महानगरपालिका वडा नं.६ का रोशन बुढाथोकी, भरत वि.क, हेमन्त शाही, सुशिल वली, कुमार सुनार, ओमबहादुर बुढामगर, प्रेमबहादुर सुनार र टंकबहादुर सुनार, घोराही उपमहानगर–१३ का मालबहादुर वली, केशव डाँगी र अर्जुन पुन र बाँके कोहलपुर नगरपालिकाका धर्मराज बुढाथोकी र दीपक वली रहेको प्रहरीले जनाएको छ । -ujyaaloonline

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ११ गते आइतबार