कोहलपुर ।
बाँके नेपालगञ्ज उप–महानगरपालिका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँका ४७ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
मधुमेहका विरामी उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको दुवै फोक्सोमा निमोनिया भएको श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्लाज्मा थेरापीका साथै रेम्डीसिभिर दिएर उपचार गर्दा समेत सुधार नभएपछि आज विहान ५ बजे उनको मृत्यु भएको हो ।
उनी नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जको प्रशासनिक कर्मचारी रहेको श्रेष्ठले जानकारी दिनुभयो । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्