सुर्खेत ।
सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य मनिश गहतराजसहित दुइसय जना युवा नेकपामा प्रवेश गरेका छन् ।
सुर्खेतका युवा नेता गहतराजसहितका युवाहरुलाई नेकपा कर्णाली प्रदेशका सह–ईन्चार्ज यमलाल कंडेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, नेकपा सुर्खेतका जिल्ला इन्चार्ज नरबहादुर बिष्ट, वीरेन्द्रनगर नगर कमिटिका अध्यक्ष गंगाराम तिमिल्सेना, युवा संघका केन्द्रीय सदस्य गणेश खनाललगाएतका नेताले शनिबार एक कार्यक्रमका बीच नेकपामा प्रवेश गराएका हुन् ।
युवा संघ सुर्खेतले गरेको युवा पार्टी प्रवेश कार्याक्रममा गहतराजसहितका युवाले नेकपामा प्रवेश गरेको युवा संघ सुर्खेतका अध्यक्ष पदम वनले जानकारी दिए । गहतराजले लामो समयदेखि राप्रपाको राजनीतिमा लागेका थिए । वीरेन्द्रनगरमा राप्रपा र कांगे्रस सहित अन्य पार्टी परित्याग गरेर २०० जनाले पार्टी प्रवेश गरेको मनिष गहतराजले जानकारी दिए । ‘नेकपा एउटा विशाल पार्टी हो ।’ उनले भने,‘नेकपामा लागेर युवाहरुले समाज रुपान्तरण गर्ने हो ।’
गहतराज लगाएतका युवाहरुलाई पार्टी प्रवेश गराउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बिषेश भूमिका खेलेका हुन् ।
यस्तै नेकपा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा कर्णाली प्रदेशका सह–ईन्चार्ज यमलाल कंडेलले युवाहरुको हातमा समाज सुधार गर्ने र राजनीति लागेर देश बनाउने जिम्मा भएको बताएका छन् । ‘अहिले युवाहरुको जमात देख्दा देश युवाहरुको हातमा छ ।’ उनले भने, ‘तपाईंहरु कम्युनिष्ट बनेर समाज सुधारका लाग्न प्रेरणा दिनुहोस ।’
नेकपा सुर्खेतका जिल्ला इन्चार्ज नरबहादुर बिष्टले युवाहरुको जमात नै कम्युनिष्ट बनेको खुसी लागेको बताए । वीरेन्द्रनगर नगर कमिटिका अध्यक्ष गंगाराम तिमिल्सेना अहिलेको भविष्य युवाहरुको हातमा रहेकोले युवाहरुलाई पार्टी प्रवेश गराउँदा खुसी लागेको बताए ।









प्रतिक्रिया दिनुहोस्