बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रवार बिहान उपचारकै क्रममा नेपालगन्जका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका ५२ बर्षिय एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार बिहान मृत्यु भएको हो ।
मृतक व्यक्तिको दुबै तिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको स्वास्थ्य समस्या रहेको उक्त नोटमा जनाइएको छ । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्