18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

बाँकेमा हालसम्म १३६१ जना कोरोनामुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७  

बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ । शुक्रवार आज थप ५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ हजार ३ सय ६१ परगेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रबार बाँकेबाट ५ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुन लागेका सबै नेपालगन्जका रहेका छन । उनीहरुलाई भदौ २६ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ७ जना समेत गरी ३ सय ८४ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ७ सय ५० रहेको छ भने १२ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७     11:06:38 AM  |