नेपालगञ्ज ।
भन्सार छली गरेर ल्याउँदै गरेको सामग्रीसहित शसस्त्र प्रहरीले एक मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरी बल बिओपी जमुनाहाबाट खटिएको टोलीले तस्करीका समानसहित प्रयोग भएको मोटरसाइकल समेत नियन्त्रणको लिएको हो ।
सीमा सुरक्षार्थ खटिएको शसस्त्रको विओपीबाट गएको टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा कृषिजन्य साम्रगीसहित मोटरसाइकल समेत नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका १५ टंकपसेरी जनिकैबाट विउविजन, सिंचाइका लागि प्रयोग हुने सामाग्री बरामद गरेको हो । सशस्त्रको मोवाईल गस्ति टोली देख्नासाथ तस्करहरु सामान र मोटरसाइकल छाडेर भागेका थिए ।
सशस्त्र प्रहरीले यु पि ४० एच ३१९० नम्वरको मोटरसाइकल पनि बरामद गरेको जनाएको छ । बरामद सबै सामाग्री विहीबार शसस्त्र प्रहरीले नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।










प्रतिक्रिया दिनुहोस्