बर्दिया ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा कोरोनाका कारणले वडा अध्यक्षको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नं. ३ निवासी ३९ बर्षिया कमल थारुको पिसिआर चेक जाच गर्दा पोजेटिभ आएको बाँके जिल्लाका स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
मृतक वडा अध्यक्षको दुबै तिरको फोक्सोमा समस्या रहेको बताइएको छ । उनको शब ब्यबस्थापनका लागि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी र बारबर्दिया नगरपालिकाकासंग समन्वय भैरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताए ।
कमल थारु जनयुद्धका एक कुशल कमाण्डर हुनुका साथै तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २०७७ असोज ७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्