25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेका १४१९ कोरोना संक्रमितमध्ये ९९६ जना डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७  

बाँकेबाट आइतबार थप १२ जना डिस्चार्ज भएका छन । जिल्लाका विभिन्न आइसोलेसनमा रहेका १२ जना उपचारपछि संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् । गत भदौ १४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका १ महिला र ११ पुरुष डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

१४ दिनसम्म आईसोलेशनमा राखदा उनिहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको फोकल पर्सन श्रेष्ठले बताए । नेपाल टेलिकम र बैंकका कर्मचारीसहित १२ जना डिस्चार्ज भएको उनले बताए । योसँगै बाँकेबाट हालसम्म डिस्चार्ज हुनेको संख्या ९९६ पुगेको छ ।

यसअघि शनिबार ५१ नयाँ संक्रमित थपिएपछि विभिन्न आईसोलेशन सेन्टरमा ४२० संक्रमितको उपचार भईरहेको श्रेष्ठले जानकारी दिए । बाँकेमा हालसम्म १ हजार ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७     10:37:44 AM  |