20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेमा शनिबार ४० जनामा कोरोना संक्रमण पुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७  

बाँकेमा शनिबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा ३५ जना र बागेश्वरी डायग्नोष्टिक ल्याब गरिएको परिक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो ।

मालपोत कार्यालय नेपालगन्जका ८ जना कर्मचारी र ७ जना सेवाग्राही गरी १५ जना, नेपालगन्जका १४ जना, कोहलपुरका ४ जना, राप्तीसोनारी गाउँपालिकाका १ जना, जिल्ला प्रहरी कार्यालय बाँकेका १ जना, भेटेरिनरी कार्यालय नेपालगन्जका १ जना, बर्दिया स्थायी ठेगाना भएका २ तथा दाङ र संखुवासभा ठेगाना भएका १/१ जनामा कोरोना पुष्टि भएको  जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ४ पुगेको छ ।

भेरीमै गरिएको परिक्षणमा बर्दिया ठाकुरबाबाका २ जनामा पनि कोरोना देखिएको छ । भेरीमा पछिल्लो २४ घण्टामा २ सय स्वाब परिक्षण गर्दा ३७ जनामा कोरोना देखिएको भेरीले जनाएको छ ।

 

प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७     1:59:10 PM  |