बर्दियामा डुबेर बालकको मृत्यु



बर्दिया ।

बर्दियाको गेरुवा गाउँपालिकामा शुक्रबार पौडि खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ खोल्टी बजार स्थित चारगाउँ कुलोमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय बालकको मृत्यु भएको हो ।

डुबेर मृत्यु हुनेमा गेरुवा गाउँपालिकाका वडा नम्बर १ थापापुरका गणेश बहादुर चलाउनेका १० वर्षिय छोरा सागर रहेका छन् । इलाका प्रहरी कार्यालय पाताभारका अनुसार साथिहरुसँग कुलोमा पौडि खेल्न गएका उनी डुबेका थिए ।

पौडि खेल्न कुलोमा छिरेका सागर बाहिर नआएपछि सँगै गएका साथिहरुले स्थानीयहरुलाई खबर गरेका थिए । स्थानीय र प्रहरी गएर खोजी गर्दा कुलोमा उनको शवं भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।

सागरको शवंलाई प्रहरीले पोस्टमार्टमको लागि जिल्ला अस्पताल गुलरिया बर्दियामा पठाइएको थियो । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

#File Photo

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २७ गते शनिबार